close

२१ हजार कर्मचारी निकालेपछि १० अर्ब डलरले बढ्यो मार्क जुकरबर्गको सम्पत्ति

टेकपाना टेकपाना

बैशाख १७, २०८० ११:३७

२१ हजार कर्मचारी निकालेपछि १० अर्ब डलरले बढ्यो मार्क जुकरबर्गको सम्पत्ति

काठमाडौं । कम्पनीको खर्च कटौती गर्न मेटाले २०२२ मा २१ हजार बढी कर्मचारी निष्कासन गरेपनि संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग विश्वका धनाढ्यहरूको सूचीको १२औं स्थानमा उक्लेका छन् । 

कम्पनीले २०२३ को पहिलो तीन महिनामा अपेक्षा गरेको २८.६ अर्ब डलरभन्दा धेरै कमाइ गरेको प्रतिवेदन जारी गरेपछि मेटाको शेयरमूल्य १४ प्रतिशतले बढेको थियो । यही कारण सीईओ जुकरबर्गको कुल सम्पत्ति १० अर्ब डलरले बढेको हो ।

मेटाभर्स साकार पार्न लागिपरेका जुकरबर्गले विभिन्न आर्थिक मन्दीका कारण कर्मचारी कटौती गरिरहेका छन् । त्यस्तै मेटाको एआर र भीआर तयार पार्ने रियालिटी ल्याब्स डिभिजनमा चार अर्ब डलर घाटा हुँदा पनि उनी आफ्नो सपनालाई साकार पार्न परिरहेका छन् ।

आउँदा दिनमा मेटाले अन्य डिभिजनका थप कर्मचारीसमेत निष्कासन गर्नसक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८० ११:४५