close

यसरी लिन सकिन्छ ईसेवाको मोबाइल एपबाटै बिजनेस क्यूआर

टेकपाना टेकपाना

जेठ २, २०८० १६:२७

यसरी लिन सकिन्छ ईसेवाको मोबाइल एपबाटै बिजनेस क्यूआर

काठमाडौं । डिजिटल वालेट ईसवाको मोबाइल एपबाटै बिजनेस क्यूआर स्ट्यानन्डी लिन सकिने भएको छ । कम्पनीले गत फागुनबाट आन्तरिक रूपमा परीक्षण गरिरहेको 'रिक्वेस्ट अ बिजनेस क्यूआर' फिचर वैशाखमा  सार्वजनिक गरेको हो ।  

यो सेवामार्फत ग्राहकले सहजै आफ्नो व्यवसायका लागि बिजनेस क्यूआरको आवेदन दिन सक्ने ईसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष प्रशाईँले बताए । 

"नेपाल राष्ट्र बैंकले नै सानादेखि ठूला व्यवसाय गर्ने सबैलाई क्यूआर स्ट्यान्ड दिनुपर्छ भनेको छ," टेकपानासँग कुरा गर्दै प्रशाईँले भने, "त्यही भिजनमा हामीले विभिन्न व्यवसाय गर्नेलाई बिजनेस क्यूआर स्ट्यान्ड दिँदै आएका छौँ ।" ​

कसरी दिने ईसेवा बिजनेस क्युआर स्ट्यान्डीको लागि आवेदन ?

ईसेवा बिजनेस क्यूआरका लागि तपाईंले केही कुराहरू ख्याल गर्नुपर्ने हुन्छ । ख्याल गर्नुपर्ने कुराहरू तल उल्लेख गरिएको छ । यदि तपाईंको व्यवसाय ईसेवाको बिजनेस क्यूआर सेवामा पहिले नै दर्ता भैसकेको छ भने (Already Registered but need QR Standee) रोज्नुपर्ने हुन्छ । तर, यदि तपाईंको व्यवसाय ईसेवाको बिजनेस क्यूआर सेवामा दर्ता भएको छैन भने (New QR Registration) रोज्नुपर्ने हुन्छ ।

माथि उल्लेख गरेको कुरालाई ख्याल गरेर अब तपाईंले ईसेवा बिजनेस क्यूआरका लागि फारम भर्नुपर्ने हुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-  सबैभन्दा पहिले ईसेवाको एप खोल्नुहोस् ।

-  त्यसपछि होमपेजमा रहेको पपुलर सर्भिसमा रहेको 'रिक्वेस्ट अ बिजनेस' (Business QR Request) मा ट्याप गर्नुहोस् ।

-  अनि प्लिज सेलेक्टको बक्समा आफू नयाँ हो वा पहिले नै दर्ता भएर नयाँ स्ट्यान्ड लिन लागेको त्यो खुलाउनुहोस् । यदि नयाँ बिजनेस क्यूआर लिन खोजिरहनु भएको छ भने 'न्यु क्यूआर रजिस्ट्रेसन'को अप्सन छान्नुहोस् ।

- त्यसपछि मोबाइल नम्बर, व्यक्तिको नाम, व्यवसायको नाम, प्रदेश, टोल, प्यान नम्बर, इमेल ठेगाना आदि भर्नुहोस् ।

-  त्यसपछि आफूले उक्त पैसा ईसेवामा जम्मा गर्ने हो वा बैंक अकाउन्टमा त्यसको अप्सन छान्नुहोस् । यदि ईसेवामा जम्मा गर्दै हुनुहुन्छ भने ईसेवा अकाउन्ट खोलिएको नम्बर र अकाउन्ट भएको व्यक्तिको नाम राख्नुहोस् । त्यस्तै बैंक अकाउन्ट छान्नुभयो भने अकाउन्ट नम्बर र अकाउन्ट होल्डरको नाम राख्नुहोस् । 

-  यति गरेपछि प्रोसिड (proceed) को अप्सनमा ट्याप गर्नुहोस् ।

-  यसपछि कन्फर्ममा क्लिक गरेर आफ्नो फर्म सेन्ड गर्नुहोस् ।

सफलतापूर्वक फारम भरेपछि तपाईंलाई ईसेवाबाट निवेदन भेरिफाइ गर्न र थप जानकारी लिनका लागि कल आउँछ । यसरी सबै प्रक्रिया सम्पन्न भइसकेपछि ईसेवा प्रतिनिधिले तपाईंले क्यूआर स्ट्यान्डी कहिले पाउनुहुन्छ भन्ने कुराको जानकारी दिन्छन् । कम्पनीले स्ट्यान्डी तपाईँलाई डेलिभरी गरिदिनेछ । 

 

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० ९:५४