close

निष्क्रिय जिमेल अकाउन्ट आउँदो डिसेम्बरदेखि डिलिट हुने

टेकपाना टेकपाना

जेठ ४, २०८० १०:४०

निष्क्रिय जिमेल अकाउन्ट आउँदो डिसेम्बरदेखि डिलिट हुने

काठमाडौं । के तपाईँसँग कुनै यस्तो पुराना गुगल अकाउन्ट छन् जसलाई तपाईँले लामो समय देखि प्रयोग गर्नु भएको छैन ? यदि छैन भने गुगलले तपाईँको अकाउन्ट डिलिट गर्दिन सक्छ । 

कम्पनीको एउटा नियम छ जस अनुसार यदि कुनै जिमेल अकाउन्ट २४ महिनासम्म लगइन भएको छैन भने सो अकाउन्ट स्वत: डिलिट हुनेछ । कम्पनीले सन् २०२० मा अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि ल्याएको हो । 

यद्यपि त्यो समयमा यो नियम अनुसार दुई वर्षमा सम्म प्रयोगमा नआएको जिमेल अकाउन्टमा भएका डेटाहरू डिलिट हुने बताइएको थियो । अब भने डेटा मात्र नभइ पुरै अकाउन्ट नै डिलिट हुने बताइएको छ । 

यो नियम यो वर्षको डिसेम्बर महिनापछि लागू हुने कम्पनीको भनाइ छ । यदि तपाईँले आफ्नो पुरानो कुनै अकाउन्टको पासवर्ड बिर्सनु भएको छ  अथवा लगइन गर्नु भएको छैन भने तपाईँसँग अझै समय छ । 

   

पछिल्लो अध्यावधिक: साउन १४, २०८० ७:५६