close

ट्वीटरमा डिलिट गरिएको ट्वीट आफै रिस्टोर हुने समस्या

टेकपाना टेकपाना

जेठ ९, २०८० १४:२९

ट्वीटरमा डिलिट गरिएको ट्वीट आफै रिस्टोर हुने समस्या

काठमाडौं । ट्वीटरमा अहिले डिलिट गरिएका ट्वीटहरू आफै रिस्टोर हुने समस्या देखिएको छ । धेरै प्रयोगकर्ताहरूले यस विषयमा सामाजिक सञ्जालमा गुनासो पोखिरहेका छन् । 

हालसम्म ३४ हजार भन्दा बढी डिलिट भएका ट्वीटहरू स्वत: रिस्टोर भएको पाइएको छ । प्लेटफर्ममा देखिएको बगका कारण यसो भइरहेको अनुमान गरिएको छ । रिस्टोर हुनेमा केही डिलिट भएका ट्वीट छन् भने केही रिट्वीटहरू पनि रहेका छन् । 

यो समस्या विशेगरी थर्डपार्टी एप प्रयोग गरेर ट्वीट डिलिट गर्ने प्रयोगकर्ताको अकाउन्टमा भेटिएको छ । यसमा रिड्याक्ट, ट्वीटडिलिट लगायतका एपहरू रहेका छन् जुन ट्वीट डिलिट गर्नका लागि प्रयोग गरिन्छ ।

यो समस्या किन आइरहेको छ र यसमा कम्पनीले के गरिरहेको छ भन्ने विषयमा कम्पनी वा एलन मस्क आफैले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन ।  

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० १४:२९