close

एलन मस्कको कम्पनी स्पेस एक्समा १४ वर्षीय नयाँ इन्जिनियर

टेकपाना टेकपाना

जेठ २९, २०८० १४:५३

एलन मस्कको कम्पनी स्पेस एक्समा १४ वर्षीय नयाँ इन्जिनियर

काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्स (SpaceX) मा १४ वर्षीय सफ्टवेयर इन्जिनियर आबद्ध भएका छन् । अमेरिकास्थित सान फ्रान्सिस्काेका कैरन क्वाजीले कम्पनीको ‘टेक्निकल्ली च्यालेन्जिङ’ र ‘फन’ इन्टर्भ्यु उत्तीर्ण गरेपछि स्पेसएक्स जाेडिने माैका पाएका हुन् ।

याेसँगै स्पेसएक्समा सबैभन्दा कम उमेरमा आबद्ध हुने क्वाजी पहिलो व्यक्ति बनेका छन् ।

लस एन्जलस टाइम्सका अनुसार क्वाजी ११ वर्षको उमेरमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ अध्ययन गर्न सान्टा क्लारा युनिभर्सिटीमा भर्ना भएका थिए । उनी यही जुन महिनामा उक्त विषयमा डिग्री हासिल गर्दैछन् ।

लस एन्जलस टाइम्सलाई अन्तर्वार्ता दिँदै क्वाजीले स्पेस एक्सको मानिसलाई मंगल ग्रहमा पठाउने परियोजनामा आफ्नो सीपले सहयोग पुर्‍याउने बताएका छन् ।

"म स्टारलिङ्क इन्जिनियरिङ टिममा एक सफ्टवेयर इन्जिनियरको रूपमा आबद्ध हुँदैछु,” क्वाजीले लिङ्क्डइनमा लेखेका छन् ।

साथै कम्पनीले आफ्नो उमेरभन्दा पनि सीपलाई हेरेर कम्पनीमा आबद्ध गराएको क्वाजीको भनाइ छ ।

स्पेस एक्समा काम गर्न क्वाजी आफ्नी आमासँग फ्लेजन्टन क्यालिफोर्नियाबाट रेडमोन्ड वाशिङटनमा बसाइँ सर्दैछन् ।

सानैबाट समसामयिक घटनाक्रम र समाचारमा रुचि हुनुले उनलाई जिज्ञासु र बौद्धिक व्यक्तित्व बनाएको थियाे । उनका आफन्तका अनुसार क्वाजी दुई वर्ष हुँदादेखि नै समसामयिक घटनाक्रम र समाचार सुन्न उत्साहित हुन्थे ।

उनी आफूले रेडियोमा सुनेका समाचार आफ्ना साथी र शिक्षकहरूलाई पनि सुनाउँथे ।

९ वर्षको उमेरमा तीन कक्षामा अध्ययन गर्दा उनलाई स्कुलको पढाइ त्यति कठिन लागेन । क्वाजीको क्षमता अनौठो लागेपछि उनका अभिभावकले सामुदायिक कलेजमा भर्ना गरिदिए ।

उनी आफ्नो खाली समयमा विभिन्न गेमहरू खेल्ने गर्थे ।

विशेषगरी ऐतिहासिक समयसँग सम्बन्धित गेम जस्तै क्रिड सिरिज खेल्ने उनी फ्लिप डिकद्वारा लेखिएको साइन्स फिक्सन कथाहरू पढ्थे । २०२३ को सुरुवातमा क्वाजीले इन्स्टाग्राममा पोस्ट राख्दै आफू स्पेस एक्सकाे अन्तर्वार्ताका लागि तयारी गरिरहेको बताएका थिए ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८० १५:३४