काठमाडौं । आज राति चार घण्टाका लागि नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ ।
कम्पनीको नियमित सिस्टम मर्मत सम्भारको काम हुने भएकाले आज राति ११:४५ बजेदेखि चार घण्टासम्म सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको एक सूचनाका अनुसार यो अवधिमा कुनै पनि प्याकेज सब्स्क्रिप्सन, जिज्ञासा तथा रिचार्जको सेवा अवरुद्ध हुनेछ । सो बाहेकका सेवाहरू भने सुचारु हुने कम्पनीले जनाएको छ ।
"सिस्टमको नियमित मर्मत सम्भारको क्रममा आज २०८०/०३/१० को राती ११:४५ बजे देखि ४ घण्टा सम्म प्याकेज सब्स्क्रिप्सन, क्वेरी तथा रिचार्ज सेवा अवरुद्ध हुनसक्ने र सो बाहेकका सेवाहरू सुचारु हुने भएकोले जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ," सूचनामा उल्लेख छ ।