close

डेटिङ साइटमा भेटिएका ७० वर्षीय वृद्धसँग २८ वर्षीया युवती प्रेममा परेपछि...

टेकपाना टेकपाना

साउन १९, २०८० १६:५३

डेटिङ साइटमा भेटिएका ७० वर्षीय वृद्धसँग २८ वर्षीया युवती प्रेममा परेपछि...

काठमाडौं । २८ वर्षकी एक फिलिपिनी युवतीले आफ्नो प्रेम कहानी शेयर गरेकी छन् । उनले ४२ वर्ष जेठो एक विदेशी पुरुषसँग कसरी प्रेम सम्बन्ध सुरु भयो भन्ने कुरा बताएकी छिन् ।

यद्यपि यो सम्बन्धका कारण युवती ट्रोलको शिकार पनि बनिन् । मानिसहरूले उनलाई सम्पत्तिको लोभमा ७० वर्षको वृद्धसँग विवाह गरेको भन्दै खिल्ली उडाए । तर याे जोडीले आफूहरूको प्रेम साचो भएको र आफ्नो जीवनमा एकदमै खुसी भएको बताउने गरेको छ ।

यो कहानी २८ वर्षीया ज्याकी र ७० वर्षका डेभिडको हो । सन् २०१६ मा एउटा डेटिङ साइटमा दुवै जनाको भेट भएको थियो । त्यहीँबाट उनीहरू साथी बने र भेटघाटको शिलशिला सुरु भयो । भेटपछि साथीको सम्बन्ध प्रेममा बदलियो ।

च्याटमा कुराकानी भएपछि तीन महिनाभित्र ज्याकीलाई भेट्न डेभिड फिलिपिन्स पुगे । त्यहाँ दुवैले कयौं दिन सँगसँगै बिताए । उनीहरूबीचको निकटता बढ्दै गइरहेको थियो । प्रत्येक दुई महिनामा ज्याकीलाई भेट्न डेभिड फिलिपिन्स गइरहन्थे । अन्ततः मे २०१८ मा उनीहरूले विवाह गरे र ज्याकी क्यालिफोर्नियाको ओकल्यान्डमा बसाइँ सरिन् ।

ज्याकीले कोभिड १९ लकडाउनको समयमा एक टिकटक अकाउन्ट बनाइन् र त्यसमा आफ्नो जीवनसँग जोडिएका विषयहरू राख्न थालिन् । उनको अकाउन्टमा ५० हजारभन्दा बढी फलोअर छन् ।

प्रयोगकर्ताहरूले उनको पोस्टमा अनेक किसिमका कमेन्ट गर्छन् । कसैले ज्याकीलाई लोभी भन्छन् त कसैले सुगर गर्लको लान्छना लगाउँछन् । केही मानिसले त अमेरिका बस्नका लागि ग्रिन कार्ड चाहिएको थियो, त्यसैका लागि उसले डेभिडसँग विवाह गरेकी हाे सम्म भने ।

यद्यपि, याे जोडी यस्ता नकारात्मक कमेन्टलाई नजरअन्दाज गरिदिन्छ । डेभिडले भनेका छन्, ''यदि दुई जना एक अर्कासँग माया गर्छन् र उनीहरू सँगसँगै जीवन बिताउन चाहन्छन् भने उमेर केवल एउटा सङ्ख्या मात्र हो । आलोचना गर्न जरुरी छैन । हामी दुवै खुसी छौं ।''

ज्याकीका अनुसार डेभिड निकै साधारण र राम्रो स्वभावका व्यक्ति हुन् । ''उहाँले मेरो सम्मान गर्नुहुन्छ र त्यसभन्दा बढी माया गर्नुहुन्छ । उहाँसँग विवाह गरेर मलाई कुनै पछुतो छैन,'' उनले भनेकी छिन् ।

एक युट्युब च्यानलसँगको कुराकानीमा डेभिडले भनेका छन् कि उनी अवकास प्राप्त हुन् । ज्याकी भने जागिर गर्छिन् । उनीहरूको बिबाहमा ज्याकीको परिवारबाट कोही आउन सकेनन् । तर उनीहरूको पूरा साथ छ । ज्याकी अब डेभिडको घरपरिवारको समेत ख्याल राख्न थालेकी छिन् ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १६:५३