close

महावीर पुनको जीवनी प्रकाशित हुँदै

टेकपाना टेकपाना

साउन २२, २०८० १६:१२

महावीर पुनको जीवनी प्रकाशित हुँदै

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको जीवनमा आधारित पुस्तक प्रकाशित हुने भएको छ । पुनले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै जीवनी प्रकाशनका लागि छापाखानहरूलाई किताब छाप्ने कोटेसन पठाउन अनुरोध गरेका छन् ।

“म महावीर पुनको जीवन कथाकाे किताब तुरुन्त छाप्नका लागि इच्छुक छापाखानाहरुले [email protected] मा कोटेसन पठाउनु होला,” उनले पोस्टमार्फत भनेका छन्, “किताबको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र हुनेछ ।”

किताबबाट हुने सम्पूर्ण आम्दानी वीरगञ्जका कृषि औजार कारखाना मर्मत गर्न, ५०० केभिएको ट्रान्सफर्मर जडान गर्न र आविष्कार केन्द्रका अन्य दीर्घकालिन प्रोजेक्टहरुमा खर्च गरिने उनको भनाइ छ ।

त्यस्तै पुस्तक बिक्री गर्न चाहनेहरूले पनि आफूले बेच्न चाहको किताबको सङ्ख्या र आफूले खोजेकाे कमिसन सहित [email protected] मा ईमेल पठाउन उनले अनुरोध गरेका छन् । 

पुनका अनुसार ए फाइभ साइजमा प्रकाशित हुने उक्त पुस्तकमा २९८ पेज रहनेछन् । रङ्गिन कभर भएको उक्त पुस्तकको डिजाइनको काम भइरहेको पुनले जनाएका छन् ।

 

पछिल्लो अध्यावधिक: साउन २२, २०८० १६:१७