close

धार्मिक र पर्यटकीय स्थलमा वाईफाई पुर्‍याउन यो वर्ष सरकारले १२ करोड खर्चिंने

टेकपाना टेकपाना

भदौ १७, २०८० १७:१७

धार्मिक र पर्यटकीय स्थलमा वाईफाई पुर्‍याउन यो वर्ष  सरकारले १२ करोड खर्चिंने

काठमाडौं । सरकारले देशका धार्मिक स्थलमा वाईफाई इन्टरनेट सेवा विस्तार गर्न १२ करोड रुपैयाँ खर्च गर्ने भएको छ । भर्खरै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक कार्यक्रममार्फत यस्तो व्यवस्था गरिएको हो । 

नियामक प्राधिकरणका अनुसार उक्त रकम धार्मिक तथा पर्यटकीय स्थलहरूमा वाईफाई इन्टरनेट सेवा पुर्‍याउने कार्यमा खर्च गरिनेछ । स्वीकृत कार्यक्रम अनुसार आउँदो असोज मसान्तभित्र सेवा प्रदायक छनौट गर्न सूचना प्रकाशन गरिनेछ ।

त्यसपछि पुससम्म पहिलो चरणका स्थानहरूमा कार्य सम्पन्न गर्ने र चैत मसान्तसम्म निर्धारित सबै कार्य सम्पन्न गरी रकम समेत भुक्तानी गरिसक्ने योजना छ । प्राधिकरणको नियमित कार्यक्रम अन्तर्गत आईसीटी सहयोग शीर्षकमा यो रकम खर्च गर्न लागिएको हो । 

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८० १७:१७