close

एनसेलको नम्बरमा अब ईसेवाबाट ४० रुपैयाँभन्दा कम टपअप गर्न नपाइने

टेकपाना टेकपाना

असोज १८, २०८० १७:१६

एनसेलको नम्बरमा अब ईसेवाबाट ४० रुपैयाँभन्दा कम टपअप गर्न नपाइने

काठमाडौं । डिजिटल वालेट ईसेवाबाट एनसेलको नम्बरमा ४० रुपैयाँभन्दा कम टपअप गर्न नपाइने भएको छ ।

बिहीवार एक सूचना प्रकाशित गर्दै ईसेवाले अब एनसेल नम्बरमा न्यूनतम ४० रुपैयाँ टपअप गर्नुपर्ने जानकारी दिएको हो । यो सेवा आज (बिहीवार) राति ११ बजेदेखि सुरु हुनेछ ।

“एनसेलको नयाँ नियम अनुसार अब न्यूनतम टपअप रकम १० रुपैयाँबाट बढेर ४० भएको छ,” सूचनामा लेखिएको छ, “त्यसैले आज राति ११ बजेदेखि ईसेवाबाट गरिने टपअपमा पनि सोही अनुरूप नियम लागू हुने व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं ।” 

ईसेवाको सूचनामा बिहीवार राति ११ बजेदेखि नयाँ नियम लागू हुने भनिए भए पनि बिहीवार दिउँसाेदेखि नै ४० रुपैयाँभन्दा कम टपअप गर्न नमिलेकाे प्रयोगकर्ताले गुनासाे गरेका छन् ।

May be an image of poster and text that says 'e-Sewa™ Ncell को Topup सम्बन्धी सूचना! Ncell को नयाँ नियम अनुसार अब न्यूनतम टपअप रकम रु.१० बाट बढेर रु.80 भएको छ। त्यसैले आज राति ११ बजेदेखि इसेवाबाट गरिने टपअपमा पनि सोहि अनुरुप नियम लागू हुने व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं।'

पछिल्लो अध्यावधिक: असोज १९, २०८० १०:४८