close

चाडबाडमा ईसेवा प्रयोग गर्दा ३ ओटा यमाहा एफजेड मोटरसाइकल जित्न सकिने

टेकपाना टेकपाना

असोज ३०, २०८० ७:५७

चाडबाडमा ईसेवा प्रयोग गर्दा ३ ओटा यमाहा एफजेड मोटरसाइकल जित्न सकिने

 

काठमाडौं । डिजिटल वालेट तथा भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले चाडबाड विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं र तिहारलाई मध्यनजर गर्दै 'ईसेवा डिजिटल उत्सव' नामक अफर ल्याएको हो । 

अफर अन्तर्गत ३७.९९ रुपैयाँमा खेल खेल्दा तीन लाख ७९ हजार ९०० मूल्यको यमाहा न्यु एफजेड एफआई भर्सन  ३० स्ट्यान्डर्ड मोटरसाइकल जित्न सकिने छ । ३७.९९ रुपैयाँ खेल बाहेक ईसेवामार्फत कुनै पनि दुई ओटा कारोबार गर्दा दुई जनाले सोही बाइक जित्नसक्ने कम्पनीले जनाएकाे छ ।  

त्यस्तै ईसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सोझै बैंक खातामा पैसा पठाउँदा एक भाग्यशाली जोडीलाई दुबई टुर प्याकेज दिने कम्पनीले घाेषणा गरेकाे छ ।

साथमा कात्तिक १ गते ईसेवा केयर किन्दा भाग्यशाली एक जनाले १०० गुणा क्याशब्याक पाउने अफर पनि रहेको छ । 

त्यसैगरी, ईसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली पाँच जोडीका लागि होटेलको स्टेकेसन प्याकेज तथा एक जनाले रियलमी ११ एक्स फाइभजी पाउनेछन् ।

साथै ईसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्ने ग्राहकहरूले रु. ३०० सम्मको क्याशब्याक तथा सीजी डिजिटलको टिभी समेत जित्न सक्नेछन् ।

बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा तीन दिन दुई रातको स्टेकेसन जित्नसक्ने अफर ल्याइएकाे छ ।

ईसेवामा आवद्ध व्यवसायीहरूले समेत ग्राहकहरूमार्फत क्यूआर भुक्तानी लिँदा वासिङ मसिन, एयरफ्रायर, स्याण्डविच मेकर लगायतका उपहार जित्नसक्ने बताइएकाे छ ।

त्यसैगरी अनलाइन कारोबारका लागि ईसेवाबाट भुक्तानी गर्ने ग्राहकका लागि बिनब्याग जित्नसक्ने अवसर छ ।

विदेशबाट ईसेवा मनि ट्रान्सफरको साझेदारमार्फत ईसेवा वालेटमा रु. पाँच हजारभन्दा बढीको भुक्तानी पाउने सबैले टप-अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा ईसेवा केयर प्याकेज खरिदमा पक्का क्याशब्याकका लागि लागि प्रोमोकोड प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० ७:५७