close

नागरिक एपले देखाउन थाल्यो तपाईं अहिलेसम्म ट्राफिक कारबाहीमा परेको सबै विवरण

टेकपाना टेकपाना

कात्तिक २१, २०८० १२:५६

नागरिक एपले देखाउन थाल्यो तपाईं अहिलेसम्म ट्राफिक कारबाहीमा परेको सबै विवरण

काठमाडौं । नागरिक एपले ट्राफिक कारबाहीको विवरण समेत देखाउन थालेको छ । आइतवार राति आएको एपको पछिल्लो अपडेटमा सवारी चालक अनुमतिपत्रसँग आबद्ध गरी ट्राफिक जरिबाना तथा कारबाहीको विवरण दिन थालेको हो ।

नागरिक एपको १.६.१० भर्सनमा यो फिचर समावेश छ । हाललाई एन्ड्रोइडमा मात्र उपलब्ध यो फिचर आईफोनका लागि उपलब्ध हुन भने केही समय लाग्ने बताइएको छ ।

यससँगै यदि तपाईंले नागरिक एपमा आफ्नो सवारी चालक अनुमतिपत्र लिङ्क गर्नु भएको छ भने त्यसको मुनि ट्राफिक नियम उलङ्घन विवरण (Traffic Rule Violation Record) देख्न सकिन्छ । जसमा ट्याप गर्दा चिट नम्बर, मिति, जरिबाना तिरे नतिरेको अवस्था, जरिबाना रकम, जरिवाना तिरेको भए त्यसको मिति र उलङ्घन गरेको नियम देख्न सकिन्छ ।

यसरी एकै ठाउँमा ट्राफिक नियम उलङ्घनको रेकर्ड देख्न सकिने भएपछि सवारी चालकलाई जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । ट्राफिक प्रहरीको ट्राफिक रुल भायोलेसन रेकर्ड सिस्टमसँग लिङ्क गरी यो फिचर ल्याइएको हो ।

एपमा ट्राफिक जरिबाना तिर्न सकिने फिचर समेत थप गर्ने तयारी भइरहेको समेत बताइएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८० १२:५६