close

नासाले सुरु गर्‍यो आफ्नै स्ट्रिमिङ प्लेटफर्म, कन्टेन्ट निःशुल्क र विज्ञापनरहित हेर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २६, २०८० ९:४२

नासाले सुरु गर्‍यो आफ्नै स्ट्रिमिङ प्लेटफर्म, कन्टेन्ट निःशुल्क र विज्ञापनरहित हेर्न सकिने

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो नयाँ स्ट्रिमिङ प्लेटफर्म सञ्चालनमा ल्याएकाे छ । ‘नासा प्लस’ नामक याे स्ट्रिमिङ प्लेटफर्ममार्फत अन्तरिक्ष तथा ब्रम्हाण्ड सम्बन्धी विभिन्न भिडिओ सिरिज, लेख तथा समाचार, लाइभ लञ्च हेर्न सकिनेछ ।

त्यस्तै बालबालिकालाई लक्षित गर्दै ब्रह्माण्ड तथा सौर्यमण्डल सम्बन्धी बनाइएका विभिन्न एनिमेटेड सामग्रीहरू राखिएका छन् । त्यस्तै जेम्स वेब स्पेस टेलिस्कोपले खिचेका तस्वीरहरूको डकुमेन्ट्री, हाई रेजाेलुसनका अडिओ/भिडिओ सामग्रीहरू पनि समावेश छन् ।

नि:शुल्क तथा विज्ञापनरहित हेर्न सकिने यस प्लेटफर्म अन्तरिक्षमा रुचि राख्नेहरूका लागि उपयोगी हुने बताइएको छ ।

वेबबाट नासा प्लस चलाउन यहाँ क्लिक गर्नुहोस् । त्यस्तै एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८० ९:४२