close

च्याटजीपीटी र गुगल बार्डसँग प्रतिस्पर्धा गर्न आफ्नै एआई कम्पनी खोल्दै पराग अग्रवाल

टेकपाना टेकपाना

पुस २७, २०८० १२:५६

च्याटजीपीटी र गुगल बार्डसँग प्रतिस्पर्धा गर्न आफ्नै एआई कम्पनी खोल्दै पराग अग्रवाल

काठमाडौं । ट्वीटर (हालको एक्स)का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) पराग अग्रवालले एआई स्टार्टअप सुरु गर्ने भएका छन् । अहिलेका प्रमुख च्याटजीपीटी, बार्डसँग प्रतिस्पर्धा गर्न अग्रवालले आफ्नै एआई कम्पनी सुरु गर्न लागेका हुन् ।

द इकोनोमिक टाइम्सका अनुसार अग्रवालले नयाँ कम्पनी सुरु गर्न तीन अर्ब ९९ करोड लगानी प्राप्त गरेका छन् । उक्त लगानी अग्रवालले ओपनएआईका सुरुवाती लगानीकर्ताहरूमध्येबाट पाएको द इकोनोमिक टाइम्सले लेखेको छ ।

सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले तत्कालीन सीईओ अग्रवाललाई बिनाकारण हटाएका थिए । ट्वीटरबाट आकस्मिक रूपमा निस्कनु परेपछि अग्रवालले नयाँ स्टार्टअपका लागि कदम चालेको बताइएको छ ।

अग्रवालको नयाँ कम्पनीले लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) क्रियटरका लागि विशेष खालको सफ्टवेयर विकास गर्न लागेको द इन्फर्मेसनले लखेको छ । सुरुवाती चरणमा नै स्टार्टअपका लागि ठूलो रकम उठाउन सफल भएकाले उनको नयाँ कदमलाई विशेष रूपमा हेरिएको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: माघ ८, २०८० १५:३