close

जापानलाई हराउँदै इन्डोनेसियाले जित्यो ई-एसियन कप फुटबलको उपाधि

टेकपाना टेकपाना

माघ २३, २०८० १७:३७

जापानलाई हराउँदै इन्डोनेसियाले जित्यो ई-एसियन कप फुटबलको उपाधि

काठमाडौं। एसियाली फुटबल महासंघको आयोजनामा भएको ई-एसियन कप फुटबुलको पहिलो संस्करण इन्डोनेसियाले जितेको छ । कतारको दोहामा फेब्रुअरी १ देखि ५ सम्म भएको प्रतियोगितामा फाइनलमा जापानलाई हराउँदै इन्डोनेसियाले उपाधि जितेको हो ।

प्ले स्टेसन फाइभमा खेलाइएको फिफा गेम अन्तर्गत दुवै टिमले निर्धारित समयमा एक-एक गोलको बराबरी खेल्दा पेनाल्टीबाट नतिजा निकालिएको थियो । पेनाल्टी शुटआउटमा इन्डोनेसियाले जापानलाई ३-२ गोलले हरायो ।

सेमिफाइनलमा इन्डोनेसियाले थाइल्यान्ड र जापानले साउदी अरेबियालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । एएफसी ई-एसियन कपमा कुल २० देशको सहभागिता रहेको थियो ।

यसमध्ये तीन टिमका चार समूह र चार टिमका दुई समूह बनाइएको थियो । हरेक टिममा दुई जना मुख्य खेलाडी र एक जना सब्स्टिच्युट खेलाडी रहेका थिए । दुई भर्सेस दुई फर्म्याटमा खेलाइएको प्रतियोगितामा दक्षिण एसियाबाट भारत सहभागी थियो ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८० १७:३७