close

पाकिस्तानमा जारी चुनावको क्रममा देशभर मोबाइल सेवा बन्द

टेकपाना टेकपाना

माघ २५, २०८० १२:५०

पाकिस्तानमा जारी चुनावको क्रममा देशभर मोबाइल सेवा बन्द

काठमाडौं । पाकिस्तानले बिहीबार चुनावको दिन राष्ट्रव्यापी रूपमा मोबाइल फोन सेवा बन्द गरेको छ । कानून र व्यवस्था कायम गर्न भन्दै पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले यस्तो निर्णय लिएको हो । "देशव्यापी रूपमा मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको छ," मन्त्रालयका प्रवक्ताले विज्ञप्तिमा भनेका छन् ।

जब कि पाकिस्तानभर रहेका सम्पूर्ण मतदान केन्द्रमा केन्द्रीय र प्रदेश सभाका लागि मतदान चलिरहेको छ । राजधानी इस्लामावादमा रहेका एएफपीका पत्रकारहरूले बिहान ८ः०० बजेदेखि सरु भएपछि मोबाइल इन्टरनेटमा पहुँच बनाउन सकेका छैनन् ।

एक्समा पोस्ट गर्दै पाकिस्तान थरिक-ए-इन्साफ (पीटीआई) ले भनेको छ, "पाकिस्तानको अवैध, फासिस्ट सरकारले मतदानको दिन पाकिस्तानभर सेलफोन सेवा बन्द गरेको छ । तपाईंहरू सबैलाई यस किसिमको कायरतापूर्ण कदमलाई चुनौती दिन आफ्नो व्यक्तिगत वाईफाई अकाउन्टको पासवर्ड हटाइदिन अनुरोध गर्दछौं, ता कि वरपर रहेका जोकोहीले यो निकै महत्त्वपूर्ण दिनमा इन्टरनेटमा पहुँच पाउन सकून् । यसमा हामी सबै साथमा छौं र साथमै हाम्रो जीत हुनेछ ।"

 

पछिल्लो अध्यावधिक: माघ २५, २०८० १२:५०