close

आफ्नो भ्यालेन्टाइनलाई उपहार दिन चाहनेहरूका लागि फुडमाण्डुको नयाँ अफर

टेकपाना टेकपाना

माघ २७, २०८० १३:१५

आफ्नो भ्यालेन्टाइनलाई उपहार दिन चाहनेहरूका लागि फुडमाण्डुको नयाँ अफर

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको  छ । यस कन्टेस्ट अन्तर्गत फुडमान्ड एप मार्फत फुड अर्डर गर्ने ग्राहकमध्येबाट हरेक दिन पाँच जनालाई लक्की ड्र मार्फत छनोट गरिनेछ ।

विजेताहरुलाई मिनिसो, केटीएम सिटी, अभाता र फुडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विजेताहरू दैनिक रूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा गरिनेछ ।

यसका साथै ग्राहकले विभिन्न ४० रेस्टुरेन्टबाट ‘बाइ वान गेट वन फ्री’ तथा कम्बो अफरहरु समेत प्राप्त गर्न सक्नेछन् ।

फुडमान्डुले विभिन्न बैंक र वालेटहरुसँगको सहकार्यमा ग्राहकलाई विभिन्न क्याशब्याक समेत प्रदान गर्ने भएको छ ।

यो अफर २ फागुनसम्म लागू हुनेछ ।


 

पछिल्लो अध्यावधिक: माघ २७, २०८० १३:२०