close

यस्तो छ, चैत १६ मा प्रदर्शन हुने नेपाली एनिमेटेड फिल्म ‘सलिना’ को आधिकारिक टिजर

टेकपाना टेकपाना

फागुन ६, २०८० १९:१४

यस्तो छ, चैत १६ मा प्रदर्शन हुने नेपाली एनिमेटेड फिल्म ‘सलिना’ को आधिकारिक टिजर

काठमाडौं । चैत १६ गते प्रदर्शन हुने नेपाली एनिमेटेड फिल्म ‘सलिना’को आधिकारिक टिजर सार्वजनिक भएको छ । आइतबार रेनमेकर एनिमेसन एकेडेमीले सलिनाको आधिकारिक टिजर सार्वजनिक गरेको हो ।

युट्युब च्यानल ओएसआर डिजिटलबाट अपलाेड भएको उक्त टिजर दुई मिनेट लामो छ । टिजरमा पहिलो पटक कार्यक्रम सञ्चालक सुशील नेपालको एनिमेटेड अवतार राखिएको फिल्मका निर्देशक तेजसराज जोशीले बताए ।

“सुशील नेपाल वास्तविक व्यक्तिमा जुन भूमिकामा रहेर काम गर्नुहुन्छ, यो फिल्ममा पनि उहाँको भूमिका त्यही छ,” जोशीले भने, “त्यसबाहेक फिल्मको समग्र पक्ष टिजरमै समेटका छौं ।” जोशीले यस फिल्मलाई नेपालको पहिलो एनिमेटेड फिल्म भएको दाबी गरेका छन् । सन् २०१९ देखि सुरु भएको यो परियोजना पाँच वर्षमा सम्पन्न भएको उनले सुनाए । 

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० १९:१७