काठमाडौं । मोबाइल पसलबाट विभिन्न ब्रान्डका स्मार्टफोन चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शनिवार ती युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङजा घर भई हाल पोखरा माटेपानी गुम्बाफेदी बस्ने २१ वर्षीय प्रेम गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार ती युवकबाट प्रहरीले आईफोन ११, आईफोन एक्स, सामसङ तथा रेड्मी फोन एक/एक थान बरामद गरेको छ ।
कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।