close

मोबाइल ह्याक गरेर कसैले तपाईंको जासुसी त गरिरहेको छैन ? यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

फागुन ७, २०८० ९:१२

मोबाइल ह्याक गरेर कसैले तपाईंको जासुसी त गरिरहेको छैन ?  यसरी चेक गर्नुहोस्

काठमाडौं । इन्टरनेटको अहिलेको समयमा मोबाइल फोन ह्याकिङका घटना दिन प्रतिदिन बढ्दै गइरहेका छन् । साथै हरेक क्षेत्रमा प्रविधि प्रयोग हुन थालेको छ, जसका कारण विभिन्न प्रयोजनमा मोबाइलको प्रयोग हुने भएकाले ह्याकरको निसानामा पर्न सक्ने जोखिम समेत त्यसै हिसाबले बढेको छ । 

यस्तोमा कतै तपाईंको मोबाइल नै ह्याकर भएर त्यसबाट कसैले निगरानी गर्ने काम त गरिरहेको छैन ? आज हामी तपाईंलाई मोबाइल ह्याक हुँदा देखिने केही सङ्केतहरूको बारेमा बताउँछदै छौं, जसको आधारमा तपाईं आफ्नो फोन ह्याक भएको छ कि छैन भन्ने कुरा केही हदसम्म थाहा पाउन सक्नु हुनेछ । 

१. ब्याट्री अस्वाभाविक रूपमा डिस्चार्ज हुनु

यदि तपाईंको फोनको ब्याट्री छिटो छिटो डिस्चार्ज हुनु अथवा सकिनु फोन ह्याक भएको सङ्केत पनि हुन सक्छ । किन कि ब्याकग्राउन्डमा जासुसी गर्ने एप चलेका कारण फोनको ब्याट्री बढी खपत भएको हुन सक्छ । 

त्यसैले फोनको ब्याट्रीमा ध्यान दिन जरुरी हुन्छ । तपाईंले आफ्नो फोनमा एपहरूको विवरण राख्नुपर्ने हुन्छ । 

. मोबाइलमा अनावश्यक एप देखा पर्नु

तपाईंले आफ्नो मोबाइलमा रहेका एपहरूमाथि समेत ध्यान दिनुपर्ने हुन्छ । ता कि कतै तपाईंको फोनमा तपाईंको अनुमति बिना कुनै एप डाउनलोड भएर बसेको त छैन भन्ने कुरा यकिन गर्न सकियोस् ।  

यदि तपाईंले डाउनलोड नगरेको कुनै नयाँ एप फोनमा भेट्नु भयो त्यो ह्याकिङको कारण समेत हुन सक्छ । यस्ता अपरिचित एपमा जासुसी सफ्टवेयर लुकेको पनि हुन सक्छ । 

३. मोबाइल अनावश्यक रूपमा धेरै तात्नु 

जासुसी एपले सामान्यतया रियलटाइममा मोबाइलको लोकेसन ट्रयाक गरिरहेका हुन्छन् । यसका लागि जीपीएस सिस्टम प्रयोग गरिरहेका हुन्छन् ।

यस्तोमा तपाईंको फोनको हार्डवेयरमा अनावश्यक रूपमा बढी दबाब पर्छ । यस कारण मोबाइल बढी तात्तिने समस्या आउँछ । 

. डेटा खपत बढ्नु

यदि तपाईंको फोनलाई कसैले ट्रयाक गरिरहेको छ भने तपाईंको मोबाइलमा सामान्यभन्दा बढी डेटा खपत हुन सक्छ । त्यसैले यदि तपाईंको मोबाइलमा अचानक रूपमा अस्वभाविक किसिमले डेटा खपत बढेको छ भने सतर्क रहनुहोस् । 

५. मोबाइलमा खराबी आउनु

फोन ह्याक हुँदा त्यसमा स्क्रिन फ्ल्याशिङ, अटोमेटिक फोन सेटिङ परिवर्तन वा फोनले काम नगर्ने जस्ता समस्या देखिन सक्छन् । 

. कुराकानी गर्दा पृष्ठभूमिमा आवाज सुनिनु

केही जासुसी एपले फोन कल रेकर्ड समेत गर्दछन् । यस्तोमा जब तपाईंले फोन गर्दा पृष्ठभूमिमा कुनै किसिमको आवाज सुनिन्छ भने सावधान हुनुहोस् । किन कि यो पनि ह्याकिङको एउटा सङ्केत हो । 

. अस्वाभाविक ब्राउजिङ दखिनु 

तपाईंले बेलाबेलामा आफ्नो ब्राउजिङ तथा सामाजिक सञ्जालको एक्टिभिटी लग समेत नियाल्नु पर्ने हुन्छ । यसबाट मोबाइलमा ट्रयाकिङ वा जासुसी एप डाउनलोड गर्नका लागि कुनै वेबसाइट प्रयोग गरिएको रहेछ भने त्यसको पहिचान गर्न सकिन्छ । 

साथै सामाजिक सञ्जालमा अनावश्यक वा भनौं आफूले लाइक, कमेन्ट, शेयर नगरेको, पठाउँदै नपठाएको मेसेज देखिन्छ भने त्यो ह्याकिङको प्रस्ट आधार बन्न सक्छ । 

. फोन अस्वाभाविक रूपमा सुस्त हुनु

ह्याक भएको फोनको सम्पूर्ण प्रोसेसिङ पावर ह्याकरले सुषुप्त रूपमा राखेको एप्लिकेसनले खाइरहेको हुन सक्छ । जसले गर्दा तपाईंको फोन स्लो भएको हुन सक्छ । 

अनावश्यक रूपमा फोन फ्रिज वा ठप्प हुने, क्याश हुने र अनपेक्षित रूपमा रिस्टार्ट हुने गरेको छ भने त्यो ह्याकिङको सङ्केत पनि हुन सक्छ । 

. अपरिचित कल वा मेसेजको लग हुनु

ह्याकरले एसएमएस ट्रोजनको सहयोगमा तपाईंको फोन ट्यापिङ गरेको पनि हुन सक्छ । तपाईंको फोनमा अस्वाभाविक अथवा अपरिचित कल वा एसएमएस लग देखिएको खण्डमा सचेत रहनु होस् । 

पछिल्लो अध्यावधिक: फागुन ७, २०८० ९:१२