close

अञ्जान मानिस वा अज्ञात स्रोतबाट आफ्नो खातामा आएको रकम कहिल्यै प्रयोग नगर्नूः ईसेवा

टेकपाना टेकपाना

फागुन ९, २०८० १९:२४

अञ्जान मानिस वा अज्ञात स्रोतबाट आफ्नो खातामा आएको रकम कहिल्यै प्रयोग नगर्नूः ईसेवा

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले अञ्जान मानिस वा अज्ञात स्रोतबाट आफ्नो ईसेवा खाता वा अन्य कुनै बैंक खातामा आएको रकम कहिल्यै प्रयोग नगर्न अनुरोध गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै कम्पनीले सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो ।

यस्तो स्रोतबाट आएको रकमका कारण भविष्यमा केही अप्रिय समस्या निम्तिन सक्ने कम्पनीले चेतावनी दिएको छ । साथै कम्पनीले यस्तो जोखिमबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आह्वान गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८० १९:२७