close

जिमेलको विकल्पमा ‘एक्स मेल’ ल्याउँदै एलन मस्क !

टेकपाना टेकपाना

फागुन १२, २०८० १८:२०

जिमेलको विकल्पमा ‘एक्स मेल’ ल्याउँदै एलन मस्क !

काठमाडौं । ईमेल सेवाको विश्व बजारमा एलन मस्क पनि प्रवेश गर्ने सम्भावना देखिएको छ । गुगलको विश्व चर्चित उत्पादन जिमेल बन्द हुने हल्लाका बीच मस्कले नयाँ ईमेल सेवा ल्याउने सङ्केत गरेका हुन् ।

जिमेल बन्द हुने सम्बन्धी मिथ्या खबर फैलिरहेको बेला एक्सका सेक्युरिटी इन्जिनियर नाथन म्याकग्रेडीले हिजो (शुक्रवार) मात्रै 'एक्समेल कहिले आउँछ' भनेर एक्समा प्रश्न गरेका थिए । उनैको पोस्टमा रिप्लाई गर्दै मस्कले एक्स मेल चाँडै आउने जनाएका हुन् । त्यसले बजारमा नयाँ ईमेल सर्भिस आउने सङ्केत मिलेको हो ।

मस्कले एक्समेल आउने उल्लेख गरेपछि मिश्रित प्रतिक्रिया आएको छ । उक्त पोस्टमा कतिपयले सकारात्मक टिप्पणी गरेका छन् कतिपयले जिज्ञासा, प्रश्न गरेका छन् । यद्यपि मस्कले यसबारे थप कुनै जानकारी दिएका छैनन् । 

पछिल्लो अध्यावधिक: फागुन १२, २०८० १८:२९