close

महिला ग्राहकका लागि सिद्धार्थ बैंकले ल्यायो पिंक डेबिट कार्ड, केके छन् सुविधा ?

टेकपाना टेकपाना

फागुन २५, २०८० १५:४

महिला ग्राहकका लागि सिद्धार्थ बैंकले ल्यायो पिंक डेबिट कार्ड, केके छन् सुविधा ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ नारी बचत खाता’का ग्राहकहरूका विशेष रूपमा डिजाइन गरिएको डेबिट कार्ड ल्याएको छ । अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसर पारी बैंकले ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको हो ।

यो डेबिट कार्डको मुख्य उद्धेश्य महिला स्वास्थ्यमा योगदान पुऱ्याउनु रहेको छ । महिलाको स्वास्थ्यबारे चेतना जगाउन गुलाबी रङमा कार्ड डिजाइन गरिएको बैंकले जनाएको छ । यस कार्डमार्फत पोस (Pos) मसिन वा ईकमर्स खरिद गर्दा कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमका लागि जम्मा हुने बताइएको छ ।

यो योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न भूमिका खेल्ने बैंकको विश्वास छ । बैंकका अनुसार नारी बचत खाताका ग्राहकलाई पहिलो एक वर्ष निःशुल्क गुलाबी डेबिट कार्ड प्रदान गरिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८० १६:३