close

विद्युतीय प्रणालीको सूचना चोरी गरे १५ लाखसम्म जरिवाना

टेकपाना टेकपाना

फागुन २७, २०८० १५:२१

विद्युतीय प्रणालीको सूचना चोरी गरे १५ लाखसम्म जरिवाना

काठमाडौं । विद्युतीय प्रणालीको सूचना चोरी गरेमा १५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा विद्युतीय सूचना चोरी सम्बन्धमा यस्तो सजाय प्रस्ताव गरिएको हो ।

विधेयकको दफा ९१ मा कसैले विद्युतीय प्रणालीमा रहेको सूचना चोरी गर्न नहुने तथा विद्युतीय प्रणालीमा रहेको सूचना चोरीको हो भन्ने जानी जानी खरिद तथा बिक्री गर्न नहुने उल्लेख छ । यदि यस्तो कार्य भएको पाइए १५ लाखसम्मको जरिवाना प्रस्ताव गरिएको छ । 

यस्तो छ विधेयकको मस्यौदा

पछिल्लो अध्यावधिक: फागुन २७, २०८० १५:५४