close

शब्द टाइप गरेकै भरमा कोड लेख्नेदेखि वेबसाइट बनाइदिने विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर

टेकपाना टेकपाना

चैत १, २०८० १४:५५

शब्द टाइप गरेकै भरमा कोड लेख्नेदेखि वेबसाइट बनाइदिने विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर

काठमाडौं । अमेरिकी स्टार्टअप कम्पनी ‘कग्निसन’ (Cognition)ले एआई सफ्टवेयर इन्जिनियर बनाएको छ । ‘डेभिन’ नाम दिइएको यस टुल विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर भएकाे कम्पनीको दाबी छ ।

अहिलेका जेनेरेटिभ एआईको तुलनामा प्रोग्रामिङ लेख्न निकै स्मार्ट रहेको कम्पनीले बताएको छ । यस टुलले कोड लेख्न, वेबसाइट बनाउन, प्रम्प्ट लेख्न सक्छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले प्रोग्रामिङसँग सम्बन्धित लगाएको कुनै पनि काम यस टुलले गर्न सक्छ । यस एआई टुल मानव इन्जिनियरहरूलाई प्रतिस्थापन गर्ने नभइ उनीको कामलाई थप प्रभावकारी बनाउन डिजाइन  गरिएको निर्माता बताउँछन् ।

“आज हामी पहिलो एआई सफ्टवेयर इन्जिनियर डेभिनलाई परिचय गराउन पाउँदा उत्साहित छौं । एसडब्लुई-बेन्च कोडिङ बेन्चमार्कमा डेभिन निकै अत्याधुनिक बनेको छ,” कग्निसनले एक्समा गरेको पोस्टमा उल्लेख छ । 

यस टुलले अगाडिका कामबारे सोच्न र योजना बनाउन सक्ने बनाइएको छ । यसले हजारौं निर्णय गर्न सक्ने, गल्तीबाट सिक्न सक्ने र झन् राम्रो हुँदै जाने जनाएको छ ।

यसले मुख्य एआई कम्पनीहरूबाट इन्जिनियरिङका विभिन्न अन्तर्वार्ता सफलतापूर्वक उत्तीर्ण गरिसकेको कम्पनीले जनाएको छ । यसले अपवर्क (फ्रिल्यान्सिङका लागि प्लेटफर्म) मा आउने काम समेत सम्पन्न गरिरहेको निर्माताको भनाइ छ ।

कग्निसनका अनुसार ‘डेभिन’ एक स्वतन्त्र एजेन्ट हो, यसले आफ्नै शेल, कोड एडिटर र वेब ब्राउजरको प्रयोग मार्फत इन्जिनियरिङ समस्या समाधान गर्छ ।

यसका लागि यसमा मानव इन्जिनियरलाई आवश्यक पर्ने आवश्यक सबै टुल राखिएको छ । यद्यपि यी काम यो टुल स्वयं आफैंले गर्न सक्दैन । यसलाई चलाउन मानव इन्जिनियरको आवश्यकता पर्छ ।

अब यस टुललाई छिट्टै व्यवासायकि प्रयोजनका लागि खुला गर्ने कम्पनीले आफ्नो वेबसाइटमा लेखेको छ । यस टुलबारे थप जान्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: चैत १, २०८० १४:५५