close

भोलि आफ्ना कलेजलाई अनलाइन फाराम तथा रजिस्ट्रेसन सम्बन्धी तालिम दिंदै त्रिवि

टेकपाना टेकपाना

चैत ५, २०८० २०:६

भोलि आफ्ना कलेजलाई अनलाइन फाराम तथा रजिस्ट्रेसन सम्बन्धी तालिम दिंदै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त कलेजाई अनलाइन फाराम तथा रजिस्ट्रेसन सम्बन्धी तालिम दिने भएको छ । सोमबार एक सूचना जारी गर्दै विश्वविद्यालयले अनलाइन माध्यमबाट सञ्चालन हुने तालिममा सहभागिताका लागि अनुरोध गरेको हो ।

यसका लागि क्याम्पस तथा कलेजहरूले यथाशीघ्र आआफ्नो आधिकारिक ईमेल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको ईमेल ठेगाना [email protected] मा उपलब्ध गराउनु पर्नेछ । परीक्षा नियन्त्रण कार्यालय बल्खु अन्तर्गत उपत्यका बाहिरका क्याम्पसहरूका लागि तालिम कार्यक्रम भोलि मङ्गलबार बिहान ११ः३० बजे र उपत्यका भित्रका सम्पूर्ण क्याम्पसहरूका लागि भोलि दिउँसो २ः०० बजे सुरु हुनेछ ।

कलेज तथा क्याम्पसको परीक्षा शाखामा कार्यरत कर्मचारीलाई अनलाइन तालिममा सहभागी हुन कोड पठाइने र सोही अनुसार परीक्षा नियन्त्रण कार्यालयको टिमसँग जोडिन सक्नेछन् । थप जानकारीका लागि जीवन कुँवरलाई मोबाइल नम्बर ९८४०३६६५०३ मा सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: चैत ५, २०८० २०:६