close

आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडिओ

टेकपाना टेकपाना

चैत ८, २०८० १८:३४

आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडिओ

काठमाडौं । एनसेलले आधुनिक समयसँगै नयाँ सोचका साथ हुर्किएका नयाँ पुस्तालाई फागु पूर्णिमा (होली पर्व) को महत्त्व बुझाउन सन्देशमूलक भिडिओ सार्वजनिक गरेको छ । ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले यो भिडिओ सन्देश बनाएको हो ।

आपसी मेलमिलाप र सद्‍भाव एवं सामाजिक एकताका लागि फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली नेपालका प्रमुख चाडपर्व मध्ये एक हो । तर, साथी भाइ, आफन्त र परिवारसँग मिलेर रंगहरूसँग खेल्दै, खुसी साट्दै मनाइने यो पर्वको रौनक बिस्तारै हराउँदै गएको छ ।

छोराछोरीहरू आ–आफ्नै तरिकाले होली खेल्न घरबाहिर जाँदा बुबा आमाहरू एक्ला हुन्छन् । यही कुराको कमी महसुस गरेर एनसेलले भिडिओ सन्देश बनाएको हो ।

भिडिओमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोग मार्फत कसरी बुबा आमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ ।सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुबा आमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडिओमा देख्न सकिन्छ ।


फागु विशेष भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।  

पछिल्लो अध्यावधिक: चैत ८, २०८० १८:३४