close

साढे १५ हजार रुपैयाँमै ६ जीबी र्‍याम भएको रियलमी फोन

टेकपाना टेकपाना

चैत १०, २०८० १२:५३

साढे १५ हजार रुपैयाँमै ६ जीबी र्‍याम भएको रियलमी फोन

काठमाडौं । रियलमीले  ‘रियलमी सी ५५’ मोडेलको स्मार्टफोनमा भारी छुट घोषणा गरेको छ । यसअघि २१ हजार ९९९ रुपैयाँमा उपलब्ध ६ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ रुपैयाँ कायम गरिएको छ ।

यस फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामरा छ । त्यस्तै सेल्फी क्यामरा ८ मेगापिक्सेल छ, जसले १०८० पीसम्मको भिडिओ रेकर्ड गर्न सक्छ ।

५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । कम्पनीका अनुसार यसमा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ ।

त्यस्तै यसमा मेडियाटेक हेलियो जी८८ चिपसेट रहेको छ, जसले  प्रयोगकर्तालाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको भनाइ छ ।

६४ बिटको सीपीयू र १२ एनएमको चिपसेट भएको हुँदा मोबाइल तातिने समस्या कम हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८० १२:५५