close

एआई टुलबाट क्षणभरमै यसरी तयार पार्नुहोस् आफ्नै गीत

टेकपाना टेकपाना

चैत १२, २०८० १९:१९

एआई टुलबाट क्षणभरमै यसरी तयार पार्नुहोस् आफ्नै गीत

काठमाडौं । एआई टुलको काम अब सीमित रहेन । मानिसले गर्न सक्ने हरेक कामहरू एआई टुलले गर्न सामर्थ्य राख्न थालेका छन् । 

यस्तै अहिले प्रोम्ट (कम्प्युटर प्रणाली मार्फत दिइने लिखित निर्देशन) का आधारमा अडिओ (श्रव्य सामग्री) सिर्जना गर्ने शैली पनि क्रमशः विकसित भइरहेको छ । प्रख्यात सफ्टवेयर कम्पनी एडोबीदेखि एआई स्टार्टअपसम्मका कम्पनीले यस प्रकारका एआईमा काम गरिरहेका छ्न् । 

सङ्गीत सम्बन्धी अधिकांश काम गर्न सक्ने गरी हालै सुनो (suno) नामक एआई टुल सार्वजनिक भएको छ ।  अमेरिकी एआई स्टार्टअप सुनोले विकास गरेको यो टुलले गीतको शब्द, गायन, वाद्यवादन प्रोम्प्टका आधारमै तयार पार्न सक्छ ।

सुनोको नयाँ भी थ्री मोडेलबाट दुई मिनेटसम्मका गीत निःशुल्क रूपमा तयार पार्न सकिन्छ । साथै विभिन्न विधाका गीत समेत यसबाट सिर्जना गर्न सकिन्छ ।​

सुनोमा अकाउन्ट खोल्ना साथ यी काम गर्न सकिन्छ । तर ती अकाउन्टको सीमा भने हुन्छ । तपाईंले एक दिनमा ५० क्रेडिट मात्र प्रयोग गर्न सक्नुहुन्छ । त्यो भनेको दुई मिनेटका दश ओटा गीत तयार पार्नु हो । तर त्यसरी नि: शुल्क अकाउन्टबाट बनाइएका गीतलाई व्यावसायिक रूपमा प्रयोग गर्न भने मिल्दैन । यसका लागि यस मोडेलको सःशुल्क भर्सन प्रयोग गर्नुपर्ने हुन्छ ।

अन्य विभिन्न टुल जस्तै सोनोलाई कस्तो डेटामा तालिम गराइएको छ भन्ने जानकारी दिइएको छैन । तर यो टुलले च्याटजीपीटी जस्ता लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) जसरी नै काम गर्ने सामर्थ्य भने राख्छ । 

यसबाट कुनै पनि गीत बनाउन निम्न प्रक्रिया अपनाउनुहोस्;

  • सबैभन्दा पहिला यहाँ क्लिक गरी अकाउन्ट तयार पार्नुहोस् । तपाईंले आफ्नो गुगल अकाउन्टबाट पनि यसमा अकाउन्ट खोल्न सक्नु हुन्छ ।

 

  • अब माथिल्लो बायाँ भागमा भएको ‘क्रियट’मा क्लिक गर्नुहोस् ।

 

 

  • त्यहाँ प्रोम्प्ट लेख्ने ठाउँ दिइएको छ । जसमा क्लिक गरेर तपाईंले आफ्नो प्रोम्प्ट लेख्न सक्नुहुन्छ । यदि आफ्नै शब्द दिन चाहनुहुन्छ भने तपाईंले कस्टम मोडमा क्लिक गर्नुपर्ने हुन्छ । जुन प्रोम्प्ट बक्स भन्दा थोरै माथि रहेको छ । यति गरेपछि तपाईंले अलि तल भएको 'क्रियट' बटनमा क्लिक गर्नु पर्ने हुन्छ । अब गीत तयार हुन केही समय लाग्नेछ । 

यसरी माथिको ‍प्रक्रियाबाट तपाईंको आफ्नै गीत तयार सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८० १९:४४