close

एक्सएजका प्रडक्टमा २५ देखि ७० प्रतिशतसम्म छुट घोषणा, ईसेवाबाट किन्न सकिने

टेकपाना टेकपाना

चैत २२, २०८० १३:१३

एक्सएजका प्रडक्टमा २५ देखि ७० प्रतिशतसम्म छुट घोषणा, ईसेवाबाट किन्न सकिने

काठमाडौं । एक्सएजले आफ्नो पाँचौं वार्षिकाेत्सवको अवसरमा विभिन्न अफर घाेषणा गरेकाे छ । यो अवसरमा एक्सएजले आफ्ना प्रडक्टमा २५ देखि ७० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ ।

यसअन्तर्गत एक्सएजका इयरबड्स, नेकब्यान्ड, ब्लुटुथ स्पिकर, हेडसेट, पावर बैंक लगायतमा छुट प्रदान गरिएकाे छ ।

यो छुट आज बिहीवारको लागि मात्र लागू हुने कम्पनीले जनाएकाे छ । तपाईँले एक्सएजका सामानहरू डिजिटल वालेट ईसेवाबाट पनि खरिद गर्न सक्नुहुन्छ ।

ईसेवाबाट एक्सएजको प्रडक्ट खरिद गर्न तल दिइएको तरिका अपनाउनुहोस्: 

  • ईसेवा एप ओपन गर्नुहोस् ।

  • सर्चबक्समा गएर '4.04'  टाइप गर्नुहोस् ।

  • यसपछि त्यहाँ एक्सएजको अप्सनमा देखिन्छ । सो अप्सनमा क्लिक गर्नुहोस् ।

  • प्रडक्ट नेम लेखिएको अप्सनमा क्लिक गरेर आफूले खरिद गर्न चाहेको सामग्रीको नाममा क्लिक गर्नुहोस् ।

  • यसपछि आफ्नो नाम, मोबाइल नम्बर, डेलिभरी एड्रेस, नजिकको लोकेसन, प्रडक्टको संख्या उल्लेख गरेर सबैभन्दा अन्तिममा रहेको टर्म्स एन्ड कन्डिसनमा क्लिक गरेर प्रोसिड गर्न सक्नुहुन्छ ।    

पछिल्लो अध्यावधिक: चैत २२, २०८० १३:१९