close

हाम्रो पात्रोको ईकमर्स प्लेटफर्म ‘हाम्रो मार्ट’ सार्वजनिक, एआईले नै प्रडक्टको डिस्क्रिप्सन लेखिदिने

टेकपाना टेकपाना

चैत ३०, २०८० १४:४८

हाम्रो पात्रोको ईकमर्स प्लेटफर्म ‘हाम्रो मार्ट’ सार्वजनिक, एआईले नै प्रडक्टको डिस्क्रिप्सन लेखिदिने

काठमाडौं । चर्चित नेपाली एप हाम्रो पात्रोले ईकमर्स प्लेटफर्म ‘हाम्रो मार्ट’ सार्वजनिक गरेको छ । शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले ‘हाम्रो मार्ट’ सार्वजनिक भएको जानकारी दिएका हुन् ।  

हाम्रो पात्रोका लाखौं प्रयोगकर्तालाई विभिन्न प्रडक्टहरू पहुँचयोग्य र किफायती बनाउने लक्ष्यका साथ हाम्रो मार्ट सुरु गरेको उप्रेतीले बताएका छन् ।

हाम्रो मार्टको साइटमा प्रोमोसन इन्जिन, च्याट फङ्सनालिटिज, प्राइस नेगोसियसन लगायतका फिचर रहेका छन् । सीईओ उप्रेतीका अनुसार यसमा एआई समावेश गरिएको छ, जसले प्रडक्टको डिस्क्रिप्सन तयार पार्छ । 

कसरी प्रयोग गर्ने ? 

-हाम्रो पात्रोको ईकमर्स प्लेटफर्म ‘मार्ट’ प्रयोग गर्न हाम्रो पात्रो एप अपडेट गर्नुहोस् । त्यसपछि एप खोल्नुहोस् ।

-अनि होमपेजमा ‘हाम्रा सेवाहरू’ (Our Services) सेक्सन देखिन्छ । त्यसमा मार्टको अप्सन राखिएको देखिन्छ । सो अप्सनमा क्लिक गरिसकेपछि हाम्रो मार्टको एप खुल्छ ।

-त्यसपछि आफूले चाहेको प्रडक्ट खरिद गर्नुहोस् ।

हाम्रो पात्रोको यो प्लेटफर्म सुरुवाती अवस्थामा रहेकाले सबै प्रडक्ट फेला नपर्न सक्छन् । त्यस्तै सामानको रकम हाम्रो पे वा क्यास अन डेलिभरी विधिमार्फत भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० १५:८