close

एडोबी प्रिमियर प्रोमा पनि एआई टुल आउँदै, भिडिओ एडिट गर्न झनै सजिलो हुने

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १३:१४

एडोबी प्रिमियर प्रोमा पनि एआई टुल आउँदै, भिडिओ एडिट गर्न झनै सजिलो हुने

काठमाडौं ।  चर्चित सफ्टवेयर निर्माता एडोबीले आफ्नो भिडिओ एडिटङ टुल प्रिमियर प्रोमा एआई टुल ल्याउने भएको छ । कम्पनीले आफ्नै र अन्य थर्ड पार्टी एआई टुललाई प्रिमियर प्रोमा एकीकृत गर्ने योजनाका साथ काम थालेको हो ।

प्रिमियर प्रो टेलिभिजन तथा फिल्म उद्योगमा अधिक प्रयोगमा आउने गर्छ । यसमा एआई समावेश गरिएको खण्डमा भिडिओ एडिटिङको काम गर्न निकै सजिलो हुनेछ । एडोबीका अनुसार कुनै पनि दृश्य (फुटेज) हरू थप्ने, भिडिओबाट कुनै पनि वस्तु हटाउने अथवा बी-रोल तयार पार्ने लगायतका काम गर्न एआई सहयोगी हुनेछ । 

त्यसरी थपिने एआई टुल भने फायरप्लाईमा आधारित हुनेछन् । फायरप्लाई एडोबीको आफ्नै एआई मोडेल हो । त्यसलाई तस्वीर एडिट गर्ने सफ्टवेयर तथा एप्लिकेसन फोटोशपमा भने यस अघि नै समावेश गरिसकिएको छ । 

यस बाहेक रन वे, पिका ल्याब्स र ओपनएआईको सोरा मोडेललाई पनि थर्ड पार्टी एप्लिकेसनको रूपमा एडोबीले प्रिमियर प्रोमा एकीकृत गर्नसक्ने बताइएको छ । तर एआईबाट तयार पारिएको भिडिओ क्लिक थाहा पाउन सकिनेछ । यसका लागि एडोबीले आफ्नो कन्टेन्ट क्रेडेन्सियल लेबल प्रयोग गर्नेछ ।  

हालसम्म कम्पनीले यसको कुनै पनि बेटा भर्सन रिलिज गरिसकेको भने छैन । यसकारण यही वर्षभित्र प्रिमियर प्रोले यो अपडेट पाउने कुरामा शंका नै छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १४:२४