close

‍जसिताको उजुरीपछि कान्तिपुर टिभीले हटायो भिडिओबाट विवादित अंश

टेकपाना टेकपाना

असार २१, २०८१ १५:३५

‍जसिताको उजुरीपछि कान्तिपुर टिभीले हटायो भिडिओबाट विवादित अंश

काठमाडौं । नायिका जसिता गुरुङले प्रेस काउन्सिल नेपालमा उजुरी दिएपछि कान्तिपुर टिभीले ‘इट्स माई शो’को भिडिओबाट विवादित अंश हटाएको छ । गुरुङले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी राख्दै कान्तिपुर टिभीले आफूबारे तयार पारेको विवादित क्लिप हटाएको जानकारी दिएकी हुन् । 

“अन्ततः इट्स माई शोको क्लिप इडिट गरी हटाइएको छ,” उनले लेखेकी छन्, “मेरो आशा के छ भने यो कसैलाई पनि नहोस् । यसमा मलाई समर्थन गर्नुहुने सबैप्रति आभारी छु ।”

२२ जुन २०२४ मा प्रसारित ‘इट्स माई शो विथ ओशिन सिटौला’को पहिलो शृङ्खलाको भिडिओ विवादित बनेको थियो । अन्य कलाकारको व्यक्तिगत जीवनमाथि आँच आउने गरी प्रश्न सोधिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । 

जसिताले १६ असारमा टीभीमा प्रसारित भिडिओमा आफूलाई जोडेकाले मानसम्मान र इज्जतमा ठेस पुर्‍याएको भन्दै पूर्ण क्षतिपूर्तिको दाबी गर्दै प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । विरोध सुरु भएको ११ दिनपछि र उजुरी दिएको झन्डै पाँच दिनपछि कान्तिपुरले ४१ औं मिनेटको उक्त  विवादित क्लिप हटाएको हो । 

यस विषयमा कान्तिपुरले भने आधिकारिक रूपमा कुनै स्पष्टीकरण दिएको छैन ।

पछिल्लो अध्यावधिक: असार २१, २०८१ १६:६