close

एन्ड्रोइडमा १ करोड बढी डाउनलोड भयो ईसेवा

टेकपाना टेकपाना

साउन ३१, २०८१ १३:४

एन्ड्रोइडमा १ करोड बढी डाउनलोड भयो ईसेवा

काठमाडौं । नेपालको पुरानो डिजिटल वालेट ईसेवाको मोबाइल एप एन्ड्रोइडमा एक करोड बढी डाउनलोड भएको छ । सामाजिक सञ्जालमा एक पोस्ट राख्दै ईसेवा लिमिटेडले गुगल प्लेस्टोरमा यो आँकडा पूरा भएको जानकारी दिएको हो । योसँगै ईसेवा नेपालको फिनटेक क्षेत्रमै एक करोड डाउनलोड पूरा गर्ने पहिलो एप बनेको छ ।

“हाम्रो एक करोड खुसीका पलहरूमा सामेल हुनुहुने सबैलाई धन्यवाद !” कम्पनीले पोस्टमा भनेको छ ।​ 

“ईसेवाको यो यात्रा एक करोडमा रोकिंदैन र रोक्न दिने पनि छैनौं,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले भने, “इनोभेसन गर्दै नयाँ नयाँ चिज ल्याएर अझै हजुरहरू नयाँ प्रयोगकर्ताले पनि डाउनलोड गरेर एक सुरुवात हो भन्ने बनाइदिनु हुनेछ भन्नेमा विश्वस्त छु ।”

ईसेवाबाट अन्य ईसेवा खाता तथा बैंक खातामा रकम ट्रान्सफर, बिजुली, पानी, इन्टरनेट, मोबाइल रिचार्ज, टिभी सब्सक्रिप्सन लगायतका बिलहरूको भुक्तानी, ई-कमर्स कारोबार, विभिन्न बीमा कम्पनीहरूको प्रिमियम भुक्तानी लगायतका काम गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १५:४३