close

नेपाल र युरोपमा एकसाथ बिजुली गाडी लिप मोटरको ढुवानी

टेकपाना टेकपाना

भदौ १९, २०८१ १९:३३

नेपाल र युरोपमा एकसाथ बिजुली गाडी लिप मोटरको ढुवानी

काठमाडौं । लिपमोटरले आफ्नो लक्जरी इलेक्ट्रिक एसयूभी सी १० नेपाल र युरोपमा एकैसाथ ढुवानी थालेको छ । यस अन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले ‘सी १०’ को डेलिभरी चाँडै सुरु गर्ने तयारी थालेको हो ।

नेपाल र युरोपमा एकैसाथ ढुवानी हुनुले लिपमोटरको विश्वव्यापी रणनीतिको प्रमुख भाग नेपाली बजार समेत रहेको सङ्केत गरेको छ । लिपमोटरको सी १० मा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री रहेको छ । यसमा १६० किलोवाट क्षमताको मोटर छ । 

जसले अधिकतम ३२० एमएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । गाडीले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज (डब्लूएलटीपी) दिने कम्पनीको दाबी छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमए‍म रहेको छ । यो ईभीलाई‌ कम्पनीले नेपाली भूभागमा उपयुक्त हुने विद्युतीय गाडीको रूपमा चिनाएको छ । 

सुरक्षाको सन्दर्भमा यस गाडीले फाइभ स्टार एनक्याप सेक्युरिटी रेटिङ प्राप्त गरेको बताइएको छ । साङ्ग्रिला मोटर्सले काठमाडौं, भरतपुर, वीरगञ्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल, नेपालगञ्ज, र पोखरा लगायतका प्रमुख सहरहरूमा लिपमोटर सी १० वितरण गर्ने तयारी गरिरहेको छ । यस कदमले देशभरका ग्राहकहरूलाई नवीनतम विद्युतीय सवारी साधनमा पहुँच प्रदान गर्ने कम्पनीको विश्वास छ । 

हालै सम्पन्न ‘नाडा अटो शो २०२४’ मा लिपमोटरले राम्रो चर्चा पाएको थियो । कम्पनीका अनुसार छ दिनको अवधिमा यो गाडी १७८ युनिट बुकिङ भएको थियो । कम्पनीले नेपाली बजारमा यस गाडीको मूल्य  ६७ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ १९, २०८१ १९:३३