close

​ओएलईडी टिभीको किफायती विकल्पमा एलजीले  नेपाली बजारमा ल्यायो नयाँ नानोसेल टिभी

टेकपाना टेकपाना

मंसिर ६, २०८१ १२:७

​ओएलईडी टिभीको किफायती विकल्पमा एलजीले  नेपाली बजारमा ल्यायो नयाँ नानोसेल टिभी

काठमाडौं । नेपालमा एलजी उत्पादनका लागि अधिकारिक आयातकर्ता तथा वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका नयाँ नानोसेल  टेलिभिजन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ४३ इन्च, ५५ इन्च र ६५ इन्च साइजमा टिभी बजारमा ल्याएको हो । 

नेपालमा रहेको एलजीको ३२ देखि ८६ इन्चसम्मका ओएलईडी टिभी, क्युएनईडी टिभी, यूएचडी टिभी र स्मार्ट टिभीको दायरालाई यो नयाँ टिभी सेग्मेन्टले थप विस्तार गरेको छ ।  एलजीको नानोसेल टिभीमा विशेष नानोसेल लेयर प्रयोग गरिएको हुन्छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथै तस्विरको गुणस्तरमा समेत निकै सुधार ल्याएको छ । 

यसको  नानोपार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङ प्रदान गर्छ । यसको सटीक पिक्सेल पङ्क्तिबद्धता र केवल एक नानोमिटरको दूरीले गर्दा स्क्रिनमा एकरूपता सुनिश्चित गर्छ र फराकिलो दृश्य कोणहरूमा पनि तस्विरको गुणस्तर कायम राख्छ । अनावश्यक प्रकाशलाई सोसेर नानोसेलहरूले चित्रको गुणस्तरको ह्रासलाई कम गर्न सुस्त वा धमिलो नगरी बोल्ड, जीवन्त रङहरू प्रदान गर्दछन् । 

आईपीएस प्रविधिमा निर्माण गरिएको नानोसेल डिस्प्लेले टोनहरूको दायरा विस्तार गर्छ । यसमा जीवन्त पिक्चर क्वालिटीका लागि एक अर्बभन्दा बढी रङहरूको सपोर्ट रहेको दाबी कम्पनीले गरेको छ । कम्पनीका अनुसार वाइड भ्युइङ एङ्गल समेत रहेको यो टिभी सामूहिक रूपमा हेर्नका लागि उत्कृष्ट विकल्प हो । यसमा जीवन्त र गतिशील दृश्यहरूका लागि आरजीबी रङलाई अझ फिल्टर गरेर रातो र हरियो रङ्गलाई परिष्कृत गरिएको छ । जुन दिउँसोको समयमा समेत हेर्नका लागि उपयुक्त रहेको छ ।

ओएलईडी टिभीको किफायती विकल्पको रूपमा हेरिएको नानोसेल टिभीमा एलईडी टिभी भन्दा धेरै शार्पनेस रहेको छ । अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेभेन प्रविधि युक्त यो टिभीले जीवन्त तस्विर गुणस्तरका लागि एआईमा आधारित फोरके अपस्केलिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरका साथै इमर्सिभ दृश्य अनुभव समेत प्रदान गर्ने बताइएको छ । 

एचडीआर टेन, एचएलजी र फिल्ममेकर मोड जस्ता सुविधाले गर्दा दृश्य अनुभवलाई सुधार गर्छ । एआई साउन्ड प्रो र क्लियर भ्वाइस प्रोले अडियो आउटपुटमा समेत सुधार ल्याएको छ । वेबओएस २४, एलजी थिनक्यू , अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता लोकप्रिय प्लेटफर्महरू सपोर्ट गर्ने यो टिभीमा  गेम अप्टिमाइजर, इन्टेलिजेन्ट भ्वाइस रिकग्निसन र म्याजिक रिमोट जस्ता अतिरिक्त सुविधा समेत पाउन सकिनेछ ।

एलजी नानोसेल टिभीमा वेबओएस रिन्यु प्रोग्राम पनि पाउन सकिन्छ, जसले ग्राहकहरूलाई टिभी खरिद गरेपछि पाँच वर्षसम्म वेबओएस अपग्रेड सुनिश्चित गर्छ ।  सीजी इलेक्ट्रोनिक्सले यो टिभीका लागि नो कस्ट ईएमआई सेवा, एक्सचेन्ज सुविधा, कम्पनीको २-१-१ नीति मार्फत बिक्री पश्चातको सेवा, तीन वर्षको पुरा वारेन्टी समेत प्रदान गर्नेछ ।एलजी शपि स्टोर, सीजी डिजिटल स्टोर, ई-कमर्स साइट सीजीडिजिटल डटकम डट एनपी र नेपालभरका डिलर मार्फत एलजीको यो नयाँ टिभी खरिद गर्न सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८१ १२:७