close

यस्ता छन्, राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्जस्थित कृषि औजार कारखानामा बनाएका १४ प्रकारका मसिन

टेकपाना टेकपाना

जेठ १८, २०८३ ७:३१

यस्ता छन्, राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्जस्थित कृषि औजार कारखानामा बनाएका १४ प्रकारका मसिन

काठमाडौँ । वीरगन्जस्थित कृषि औजार कारखानालाई पुन: सञ्चालनमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्रले तीव्र रूपमा काम गरिरहेको छ । त्यस क्रममा केन्द्रले कृषि क्षेत्रका लागि आवश्यक आधुनिक प्रविधि र उपकरणहरू बनाउने काम समेत गर्दै आएको छ । 

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा कृषि औजारहरूको अनुसन्धान हुने र वीरगन्जमा तिनको व्यावसायिक उत्पादन गर्ने गरी कार्य विभाजन गरिएको छ । हालसम्म कृषि औजार कारखानाले मकै, धान र आलु रोप्ने मसिन, अगरबत्ती र गमला बनाउने मसिन, चिया सुकाउने मसिन, टुथपिक बनाउने मसिन, दाना बनाउने मसिन र हाते ट्याक्टर जस्ता उपकरणहरू तयार पारिसकेको छ । 

यद्यपि, यी मसिनहरूको बिक्री मूल्य र विस्तृत प्राविधिक विवरण (स्पेसिफिकेसन) भने तय हुन बाँकी छ । कारखानामा तयार पारिएका केही नमुना उपकरणहरू प्रदर्शनीका लागि कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा राखिएका छन् । जसमध्ये केही कृषि औजारहरू यहाँ तस्विरमा समेत हेर्न सक्नु हुनेछ । 

अगरबत्ती बनाउने मसिन 

 

 

कुखुराको लागि दाना बनाउने मसिन 

 

 

खेतमा धान रोप्न प्रयोग गर्ने मसिन

 

 

माटोबाट गमला बनाउन प्रयोग गर्न सकिने मसिन 

 

 

एक जनाले सहजै खेतबारी जोत्न सकिने हाते ट्याक्टर 

 

 

मकै रोप्न प्रयोग गरिने मसिन

 

 

चियाको पातलाई सुकाउने मसिन

 

 

कोदोको बालाबाट दाना झार्ने (कोदो चुट्ने) मसिन

 

माटोको भाँडा बनाउँदा घुमाउन मिल्ने कुमाले चर्खा

 

 

बाँसबाट टुथपिक बनाउने मसिन 

 

 

खेतबारीमा आलु रोप्न प्रयोग गर्न सकिने मसिन 

 

 

कुखुराको चल्ला उत्पादन गर्ने इन्क्युबेसन मसिन 

 

 

 

 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ ९:१२