close

थाइल्यान्डमा पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीलाई रातारात ल्याइयो नेपाल

टेकपाना टेकपाना

जेठ १७, २०८३ ९:२३

थाइल्यान्डमा पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीलाई रातारात ल्याइयो नेपाल

काठमाडौँ । तुल्सा कलेक्सन नामक टिकटक प्रयोग गर्ने टिकटकर तुल्सा अधिकारी पक्राउ परेकी छिन् । शनिबार थाइल्यान्डबाट पक्राउ परेकी उनलाई राति नै नेपाल ल्याइएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रले नेपाल प्रहरीको इन्टरपोल शाखाको सहयोगमा अधिकारीलाई पक्राउ गरेको र राति नै त्रिभुवन विमानस्थलबाट जिम्मा लिइएको बताए । सम्पत्ति सुद्धिकरण र ठगीसम्बन्धी कसुरमा सातदोबाटो प्रहरीबाट उनी विरुद्ध अघि बढाइएको मुद्दा अदालतमा दर्ता भइसकेको छ ।

सोही अनुरूप अधिकारी पक्राउ परेकी हुन् । प्रहरीका अनुसार कुमार चिमोरियाको जाहेरीका आधारमा अधिकारीविरुद्ध ठगी र आपराधिक लाभको कसुरमा गत २२ साउनमा मुद्दा दर्ता भई अनुसन्धान अघि बढेको थियो । सोही क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्राप्त सुझाव र जाहेरीका आधारमा उनीमाथि मनि लाउन्डरिङको पाटोबाट पनि छानबिन सुरु गरिएको प्रहरीको भनाइ छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), सुनवल नगरपालिका वडा नं. ६ स्थायी ठेगाना भएकी अधिकारीले सम्बद्ध कसुरबाट प्राप्त गरेको सम्पत्तिको रूपान्तरण र हस्तान्तरण गरेको विषयमा प्रमाण सङ्कलनको काम समेत प्रहरीले गरिरहेको छ । अधिकारी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा अर्को छुट्टै साइबर अपराधको मुद्दा समेत दायर भएको छ । 

पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ १७:१६