काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा ग्रुपले बिजुली कार उपहार दिने घोषणा गरेको छ । मंसिर १५ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ ले पुरस्कार स्वरूप ओमाेडा ई-५ कार पाउने भएका हुन् ।
नेपाली बजारमा याे कारकाे मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । योसँगै एनपीएलमा अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइको सहप्रायोजक बनेको छ ।
राजधानीमा मङ्गलबार आयोजित एक कार्यक्रममा क्यान र ओमोडाको आधिकारिक विक्रेता एसजीपी अटोमोबाइल्सबीच यसबारे सम्झौता गरियो । सम्झौतापत्रमा क्यानका सचिव पारस खड्का र एसजीपी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे ।
ओमोडा एन्ड जेइको नेपालका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।