काठमाडौं । ओपनएआईको लोकप्रिय च्याटबट च्याटजीपीटी विश्वभर डाउन भएको छ । प्रयोगकर्ताले च्याटबटमा कुराकानी गर्न तथा आफ्नो च्याट हिस्ट्री पहुँच गर्न समस्या भोगिरहेका छन् ।
ब्राउजरमा च्याटजीपीटी प्रयोग गर्न खोज्दा ‘इन्टरनल सर्भर इरर’ र ‘ब्याड गेटवे’ जस्ता सन्देश देखापरेका छन् । त्यस्तै मोबाइल एपमा ‘रिक्वेस्ट इज नट अलाउड, प्लिज ट्राइ अगेन लेटर’ सन्देश देखिन्छ ।
योसँगै विभिन्न प्लेटफर्मले च्याटजीपीटीको ग्लिच र आउटेज रिपोर्ट बाहिर ल्याउन थालेका छन् । तर ओपनएआईले यसबारे आधिकारिक जानकारी दिएको छैन ।