काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली नागरिकलाई आवश्यक परेमा इस्लामाबादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकका लागि सम्पर्क नम्बर उपलब्ध गराएको हो ।
हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा रहेका नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्णरूपमा सचेत रहेको मन्त्रालयले जनाएको छ । पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उक्त विज्ञप्तिमा उल्लेख छ ।
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली दूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिनेछ ।