मंसिर २५ देखि भिरिन्ची कलेजमा आईसीटी मेला, विद्यार्थीले बनाएका आविष्कार हेर्न पाइने
मंसिर २२, २०८२ १३:१५
काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित भिरिन्ची कलेजमा ‘आईसीटी मेला ६.०’ आयोजना हुने भएको छ । आगामी २५-२७ मंसिरसम्म सञ्चालन हुने मेलामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका आईओटी, रोबोटिक्स तथा सफ्टवेयर लगायतका नवप्रवर्तनात्मक परियोजनाहरू प्रदर्शन गरिनेछ ।
साथै, मेलामा ई-स्पोर्ट्स तथा इन्टरएक्टिभ प्रविधिसम्बन्धी प्रदर्शनीसमेत रहने कलेजले जनाएको छ । मेला अवधिभर यूआई/यूएक्स डिजाइन, रोबो र्याम्प रेस, रोबो सकर, कन्टेन्ट क्रिएसन बोनान्जा, स्क्विड गेम, ई-स्पोर्ट्स टुर्नामेन्टजस्ता प्रतियोगिता आयोजना हुनेछन् ।
आगन्तुकका लागि एआर क्याम्पस हन्ट, गुगलर च्यालेन्ज, इन्टरएक्टिभ आईसीटी जोन, पियर एन्ड आईसीटी मेन्टर इन्टरक्सन बुथ तथा फ्युचर रेडी एन्ड करियर काउन्सिलिङ कर्नर जस्ता इन्टरएक्टिभ जोनहरू पनि उपलब्ध हुनेछन् ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने यो प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिनेछ । मेला अवलोकनका लागि विभिन्न विद्यालय तथा कलेजहरूले समूहगत रूपमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २२, २०८२ १४:४८
