close

‘सुपर कृषक’ एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध

टेकपाना टेकपाना

जेठ १३, २०८३ २३:९

‘सुपर कृषक’ एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध

काठमाडौँ । कृषकहरूलाई डिजिटल माध्यमबाट कृषिसम्बन्धी ज्ञान, सूचना र परामर्श सेवा प्रदान गर्दै आएको ‘सुपर कृषक’ (Super Krishak) मोबाइल एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । यसअघि एन्ड्रोइडमा मात्र उपलब्ध यस एप हालै एप्पल एप स्टोरमा पनि उपलब्ध गराइएको हो ।

तीन वर्षयता ४० हजारभन्दा बढी कृषक, कृषि उद्यमी र कृषि क्षेत्रमा चासो राख्ने प्रयोगकर्ताहरूलाई सेवा पुर्‍याइसकेको कम्पनीको दाबी छ ।

यस एपमार्फत कृषकहरूले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित बालीका रोग र कीरा पहिचान गर्ने ‘कृषि डाक्टर’ सेवा, व्यक्तिगत कृषि परामर्श, विभिन्न कृषि तालिम सामग्री, मौसमको पूर्वानुमान र बजार मूल्य जस्ता महत्वपूर्ण सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ २३:१३