close

नेपाली क्रिकेट टोलीको विश्वकप जर्सी अनलाइनबाटै अर्डर गर्न सकिने

टेकपाना टेकपाना

पुस २२, २०८२ १९:४२

नेपाली क्रिकेट टोलीको विश्वकप जर्सी अनलाइनबाटै अर्डर गर्न सकिने

काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ मा नेपाली टिमले लगाउने जर्सी भाटभटेनीको अनलाइन स्टोरबाट खरिद गर्न सकिने भएको छ । सोमबार सार्वजनिक भएको जर्सी आजदेखि अनलाइन स्टोरमा उपलब्ध भएको हो ।

भाटभटेनीको अनलाइन स्टोर bbhco.com.np मा गएपछि होमपेजमा नेपालको नयाँ जर्सी देखिन्छ । खेलाडीले लगाउने गुणस्तरको जर्सीको मूल्य ३४९९ रुपैयाँ तोकिएको छ । अन्य जर्सी हेर्न मेनुबारमा गई अल प्रडक्टको अप्सन छान्नुहोस् ।

रेप्लिका जर्सीको मूल्य १५९९ रुपैयाँ तोकिएको छ । जसमा राउन्ड नेक भएको जर्सी ७९९ रुपैयाँमा उपलब्ध छ ।

रेप्लिकाको किड्स भर्सन पनि रहेको छ । त्यसको मूल्य १२९९ रुपैयाँ तोकिएको छ । यसअन्तर्गत पनि राउन्ड नेक भएको भर्सनको मूल्य ७९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: पुस २२, २०८२ १९:५२