ओमोडा एन्ड जेइकोको ‘एक्सचेन्ज टु अपग्रेड’ क्याम्प सुरु हुँदै, गाडी बुकिङ गर्दा मोबाइल फोन निःशुल्क
माघ २२, २०८२ १४:५१
काठमाडौँ । नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा ‘एक्सचेन्ज टु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले माघ २३ गते अर्थात् भोलि शुक्रबारदेखि २६ गतेसम्म यो क्याम्प आयोजना गर्न लागेको हो ।
चार दिनसम्म चल्ने क्याम्पले कारप्रेमी तथा हाल सवारीसाधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा र जेइको गाडी लिने सुनौलो अवसर प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । क्याम्प अवधिभर ओमोडा एन्ड जेइकोका कुनै पनि मोडेल बुक गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा साओमीको मोबाइल फोन प्राप्त गर्नेछन् । साथै, ओमोडा एन्ड जेइकोले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको विशेष ‘बम्पर अफर’ पनि घोषणा गरेको छ ।
हाल नेपाली बजारमा ओमोडा एन्ड जेइकोका तीन मोडल उपलब्ध छन् । जसमा ओमोडा ई५, जेइको जे५ र जेइको जे६ छन् । यी मोडलको मूल्य क्रमशः ५४.९९ लाख, ५६.९९ लाख र ६५.९९ लाख रुपैयाँ तोकिएको छ । क्याम्पमा सहभागीले ग्राउन्ड क्लियरेन्स, रेन्ज, सुरक्षा प्रविधि, कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले सेग्मेन्टमै अग्रणी रहेका ओमोडा एन्ड जेइको गाडीहरू नजिकबाट अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: माघ २२, २०८२ १५:३५
