close

आज राति ६ घण्टासम्म नेपाल टेलिकमको एसएमएस सेवा अवरुद्ध हुन सक्ने

टेकपाना टेकपाना

बैशाख २३, २०८३ १८:५३

आज राति ६ घण्टासम्म नेपाल टेलिकमको एसएमएस सेवा अवरुद्ध हुन सक्ने

काठमाडौँ । नेपाल टेलिकमले आज (बुधबार) राति एसएमएस सेवा अवरुद्ध हुनसक्ने बताएको छ ।

एक सूचना जारी गर्दै टेलिकमले एसएमएस सी प्रणालीमा भर्सन अपग्रेडको काम गर्न लागिएकाले सेवा प्रभावित हुनसक्ने जनाएको हो ।

यसअन्तर्गत राति १०:०० बजेदेखि भोलि बिहान बिहान ४:०० बजेसम्म एसएमएस सेवा अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ ८:५७