काठमाडौँ । सामसङ नेपालले ‘ग्यालेक्सी एस २६ प्लस’ मा भारी क्यासब्याक अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यस योजना अन्तर्गत ग्राहकले यो मोडेलको खरिदमा नगद २३ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
कम्पनीका अनुसार क्यासब्याक अफरपछि ग्यालेक्सी एस २६ प्लसको बजार मूल्य एक लाख ८२ हजार ९९९ रुपैयाँबाट घटेर एक लाख ५९ हजार ९९९ रुपैयाँ कायम भएको छ । यो अफर भोलि मंगलबारदेखि सुरु भई आगामी ३० जुनसम्म लागु हुने कम्पनीले जनाएको छ ।
महँगो मूल्यका कारण फोन खरिद गर्न कठिन हुने ग्राहकहरूका लागि सामसङ नेपालले सरल किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ । हुलास फाइनान्ससँगको सहकार्यमा ग्राहकले २४ महिनासम्मको किस्ताबन्दीमा यो फोन खरिद गर्न सक्नेछन् ।
यस सुविधाअन्तर्गत न्यूनतम मासिक चार हजार ३४१ रुपैयाँ किस्ता बुझाउनुपर्ने कम्पनीले जनाएको छ । यो प्रक्रियाका लागि ग्राहकले आफ्नो नागरिकताको प्रतिलिपि पेस गरी आवश्यक प्रक्रिया पूरा गरेपछि फोन प्राप्त गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ ९:४९
