काठमाडौँ । सरकारले काठमाडौँ र पोखरा उपत्यकामा सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्ले विद्युतीय बसलाई प्रोत्साहन गर्ने नीति लिइएको बताएका हुन् ।
उनले भने, “काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस, चार्जिङ स्टेसन, ट्राकिङ प्रणाली, स्मार्ट बसपार्कको सुदृढ योजना सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरु गर्नेछौँ ।” यस्तै, पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई-मोबिलिटी सेवा सुरु गर्ने उनले बताए ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १६:४९
