काठमाडौँ । सूचना प्रविधि सेवा निर्यात गर्दा हुने आम्दानीमा सरकारले ५० प्रतिशत कर छुट दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्र राष्ट्रको नयाँ आर्थिक इन्जिन भएको उल्लेख गर्दै करमा छुटको घोषणा गरेका हुन् ।
उनले भने, “सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा ५० प्रतिशत कर छुट दिएको छु ।”
यस क्षेत्रमा काम गर्ने जनशक्तिले काम गरेबापत पाएको स्वेट इक्विटीमा समेत शतप्रतिशत कर छुट दिएको उनले बताए । अर्थमन्त्री वाग्लेले थपे, “सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई करयोग्य आय गणनामा शतप्रतिशत छुट हुने व्यवस्था मिलाएको छु ।”
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १८:२४
