close

नक्कली स्क्रिनशट शेयर गर्दै प्रधानमन्त्री बालेनलाई सांसद हर्क साम्पाङको ठाडो प्रश्नः तिमी कहाँको प्रम ?

टेकपाना टेकपाना

जेठ १७, २०८३ १०:३

नक्कली स्क्रिनशट शेयर गर्दै प्रधानमन्त्री बालेनलाई सांसद हर्क साम्पाङको ठाडो प्रश्नः तिमी कहाँको प्रम ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद् हर्क साम्पाङले नक्कली स्क्रिनशट शेयर गर्दै प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' प्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार बिहान फेसबुकमा बालेनको एआईआाट तयार पारिएको नक्कली स्क्रिनशट शेयर गर्दै साम्पाङले आक्रोशसहित ठाडो प्रश्न उठाएका हुन् ।

उनले शेयर गरेको बालेनको जस्तो देखिने फेसबुक पोस्टको स्क्रिनशटको तल दायाँ कुनामा गुगलको जेमनाई एआईको लोगो प्रस्ट देखिएको छ । जसमा हर्क साम्पाङलाई उनको तस्विरसँगै बजेटको विषयमा आफ्नो क्षेत्रका कुरा नउठाएको, विरोध मात्रै गरेको, पुराना पार्टीको जस्तो राजनीति गरेको र कि सक्किन कि सुध्रिन चेतावनी दिएको देख्न सकिन्छ ।

सोही नक्कली फेसबुक पोस्टलाई लिएर आक्रोशित साम्पाङले फेसबुकमा लेखेका छन्, "३७ बुँदामा लेखेर देको पत्र नदेख्ने तिम्रो आँखा फुला परेको छ कि कालो चस्माभित्र निदाइरा हो ? ला*... तिमी कहाँको प्रम ? तिम्ले खोजेर हिँड्नुपर्ने होइन र ? मैले धाउनु पर्ने ? धाइरहनु पर्ने ?"

प्रधानमन्त्री बालेनले शुक्रबार सार्वजनिक बजेट वक्त पछि फेसबुकमा जम्मा दुई शब्दको एउटा पोस्ट गरेका थिए -"ढुक्क हुनुस !" त्यस बाहेक यो सामग्री तयार पार्दासम्म उनको आधिकारिक फेसबुक पेजमा कुनै पनि पोस्ट आएको छैन ।

तर सांसद साम्पाङले भने आधिकारिक फेसबुक पेजमा नहेरी प्राप्त नक्कली स्क्रिनशटलाई नै आधार मानेर हतारमा प्रतिक्रिया दिएका हुन् ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ १०:३